कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्य सुरक्षाका उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई मन्त्रालयको आग्रह

कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन सकिए पनि कोरोना भाइरस संक्रमणको जोखिम यथावत् रहेको भन्दै हरेक कार्यालय र कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । 

स्वास्थ्य सुरक्षाका उपाय अपनाउन कार्यालय र कर्मचारीहरुलाई मन्त्रालयको आग्रह

मन्त्रालयको मंगलबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय छिर्नुअघि कर्मचारीहरुको अनिवार्य तापक्रम जाँच, मास्क लगाउन, स्यानीटाइजर प्रयोग, रुघाखोकी लागेको र ज्वरो आएका कर्मचारीलाई घरमै आराम गर्न लगाउने जस्ता सुरक्षाका उपाय अपनाउन अनुरोध गरेका हुन् ।

कोरोना संक्रमणको जोखिमबाट बचाउन भन्दै चैत ११ देखि जारी गरेको लकडाउन यही ६ गते मंगलबार मध्यराति अन्त्य गरिएको थियो । नेपालमा मंगलबारसम्म संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै उपत्यकामा ५३ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुरोधहरु





प्रकाशित : श्रावण १३, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?