कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रेडक्रस कार्यसमिति भंग, तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति

मकर श्रेष्ठ

काठमाडौँ — सरकारले आर्थिक अनियमितता गरेको आरोपमा नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति भंग गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सञ्जिव थापा सभापति भएको कार्यसमिति भंग गरेर मोरङ सिजुवाका नेत्रप्रसाद तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो ।

रेडक्रस कार्यसमिति भंग, तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति

सरकारलाई जानकारी नदिई १६ अर्ब रुपैयाँ विदेशी सहायता लिएको, भक्तपुरमा जग्गा खरिदमा आनियमतता गरेको, रेडक्रसको केन्द्रीय कार्यालय, शाखा र उपशाखाको चल–अचल सम्पत्तिको दोहन गरी अनियमितता गरेको, समाज कल्याण र जिल्ला प्रशासनको निर्देशन पालना नगरेको, विधान तथा कानुन विपरीत काम गरेको, पदाधिकारीले आफ्नो पारिश्रमिक लिएको आरोपमा थापाका सभापति भएको कार्यसमिति भंग गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिका लागि प्रस्तावित पदाधिकारी तथा सदस्यहरुको नाम :

‘उहाँहरुलाई १० बुँदे स्पष्टिकरण सोधेका थियौं । सरकारलाई पेश गरेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कार्य समिति भंग गर्ने निर्णय भएको हो,’ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भने,‘निर्वाचन गरी नयाँ पदाधिकारी चयन गर्ने, संस्थालाई प्रदेश संरचना अनुसार व्यवस्थित गर्ने र शुद्धिकरण गर्ने गरी तदर्थ समिति गठन गरेका छौ ।’

जिल्ला प्रशासनले यस्ता अनियमितता रोक्न भन्दै २०७६ जेठ ६ मा रेडक्रसको केन्द्रीय कार्यसमिति विघटन गरेर तदर्थ समिति गठन गरेको थियो । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रशासनको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उक्त तदर्थ समिति भंग भएको थियो । रेडक्रसको २०७५ चैतमा हुनुपर्ने निर्वाचनसमेत अझै हुन सकेको छैन । रेडक्रसको विधान विपरीत जिल्लाका सभापति, मन्त्री (सचिव) कम्तीमा २० देखि ४० वर्षसम्म एकै जना छन् ।

सम्बन्धित समाचार :

प्रकाशित : श्रावण १३, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?