कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना संक्रमण पुष्टि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । दाहालको सुरक्षाको बाहिरी घेरामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको दाहालको सचिवालयले जनाएको छ ।

दाहालको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोराना संक्रमण पुष्टि

बुधबार बिहान विध म्यानेजमेन्ट प्रालिले ५३ जनाको स्वाब परीक्षणमा ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार अध्यक्ष दाहालसहित परिवार र भित्री घेरामा खटिएका सुरक्षाकर्मीको परीक्षण गर्दा भने कोरोना संक्रमण देखिएको छैन ।

प्रकाशित : श्रावण २२, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?