कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार बिहान त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यालय तोडफोड भएको छ । बिहान १०–१५ जनाको समूहमा आएको युवाहरुको समूहले तोडफोड गरेको विश्वविद्यालयका प्रवक्ता सूर्य अधिकारीले बताए । 

त्रिवि उपकुलपति कार्यालयमा तोडफोड

नेविसंघ त्रिवि समितिका नेता हरि आचार्यले नेविसंघका केही नेता–कार्यकर्ता विभिन्न मागहरु राखेर प्रदर्शन गर्ने क्रममा ‘सामान्य तोडफोड’ भएको स्वीकार गरेका छन् ।

प्रवक्ता अधिकारीका अनुसार तोडफोडबाट उपकुलपति कार्यालयको झ्यालका सिसा फुटेको छ । त्यस्तै विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक चढ्ने एउटा गाडी र कर्मचारी बोक्ने गाडीमा समेत तोडफोड गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले कर्मचारी भर्ना, पदाधिकारी नियुक्ति पारदर्शी ढंगले नगरेको भन्दै केही दिनदेखि नेपाल विद्यार्थी संघ(नेविसंघ) र प्रजातान्त्रिक प्राध्यापक संघ आन्दोलन गरिरहेका छन् ।



प्रकाशित : श्रावण २७, २०७७ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?