१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव अधिकारीलाई सफाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — विशेष अदालतले ललिता निवास परिसरको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव दिनेशहरि अधिकारीलाई सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त तथा तत्कालीन भौतिक योजना सचिव दीप बस्न्यात र तत्कालीन भूमिसुधार सचिव छविराज पन्त दोषी ठहर भएका छन् भने तत्कालीन सचिव अधिकारीलाई सफाइ दिएको हो ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव अधिकारीलाई सफाइ

बस्न्यात र पन्तलाई भने दुई वर्ष कैद, ८० लाख जरिवाना र बिगो असुल गर्ने फैसला गरेको छ । बस्न्यात र पन्तलाई नक्कली मोही खडा गरेकोमा दोषी ठहर गरिएको हो ।

प्रकाशित : फाल्गुन ३, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?