२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३७

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गरेका छन् । भेटका लागि प्रधानमन्त्री दाहाल बुधबार अपरान्ह शितलनिवास पुगेका थिए ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

भेटमा समसामयिक विषयहरुमा छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 'यो नियमित भेट नै हो,' उनले भने, 'त्यस्तो विशेष भेटघाट होइन, मुलुकका पछिल्ला घटनाक्रमहरुका विषयमा प्रधानमन्त्रीले व्रिफिङ गर्नुभएको हो।'

संसद् बन्द रहेका बेला राष्ट्रपतिसँग भएको भेटमा प्रधानमन्त्री दाहालले सरकारले गर्न लागेको लगानी सम्मेलन र त्यसअघि गर्नैपर्ने कानूनको संशोधन गर्ने गरी अध्यादेशहरु ल्याउने विषयमा परामर्श गरेको बताइएको छ ।

प्रकाशित : वैशाख ५, २०८१ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

इलाम-२ को चुनावी मतपरिणामले आउँदो निर्वाचनका लागि दिएको संकेत के हो ?