कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६७

भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्न अधिवक्ताद्वयको माग

काठमाडौँ — वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार बिस्टले भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्ने माग गरेका छन् ।

भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्न अधिवक्ताद्वयको माग

सिधाकुरा डटकम अनलाइनबाट 'भ्रष्टाचारका चार सय मुद्दा डिसमिस गर्न सर्वोच्चका न्यायाधीशसहित डिल' शीर्षकमा वैशाख १४ मा प्रकाशित/प्रसारित अडियो सामाग्री असत्य रहेको विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

'उक्त अडियो सामाग्रीमा भनिए जस्तो मिति २०७७/१२/३० मा हामी तीनकुने स्थित अन्नपूर्ण पोष्टको कार्यालयमा गएका छैनौं। सो अडियो सामाग्रीमा उल्लेख भएको विष्णुप्रसाद घिमिरे निवेदक भएको रिट निवेदनमा हामी कुनै पनि पक्षबाट प्रतिनिधित्व गरेका कानुन व्यवसायी होइनौं । उक्त अडियोमा हाम्रा नामबाट सुनाइएको आवाज हाम्रो होइन र हाम्रो उपस्थिति देखाउन सिर्जना गरिएको वातावरण समेत अस्वाभाविक रहेको छ' विज्ञप्तिमा छ ।

२०७७ साल चैत्र ३० गतेको घटना भनिएको उक्त अडियो करिब ४ वर्षपछि आएर प्रसारण गरिएको कुराले नै यसप्रति विभिन्न संशय पैदा गरेको उनीहरूको भनाई छ ।

'उक्त अनलाइनबाट प्रसारित उक्त समाचार र अडियो सामाग्री सर्वथा भ्रामक, असत्य, मिथ्यापूर्ण र नियोजित रहेको छ। यसले हामी लगायत स्वतन्त्र न्यायपालिका, प्रतिष्ठित सञ्चारगृह एवम् सञ्चार उद्यमीप्रति अक्षम्य प्रहार गरेको हाम्रो निष्कर्ष छ । यस्ता असत्य, भ्रामक, प्रायोजित/नियोजित सामाग्रीहरू उत्पादन/प्रशारण गर्ने, सामाजिक सञ्जालमा सेयर गर्ने तथा त्यस्ता सामाग्रीहरूको पक्षमा वकालत गर्ने पात्र र प्रवृत्तिहरूको हामी घोर निन्दा र भर्त्सना गर्दछौं' विज्ञप्तिमा छ,' त्यस्ता पात्रहरूलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारवाही र सजाय गर्नका साथै अब उप्रान्त यस्ता प्रवृत्ति निरूत्साहित हुने प्रभावकारी प्रबन्ध गर्न हामी सम्बद्ध सबै पक्ष/निकायको गम्भीर ध्यानाकर्षण गराउँदछौं । साथै यस्ता असत्य, भ्रामक र प्रायोजित/नियोजित समाचार र सामाग्रीमा विश्वास नगर्न आम जनसमुदायमा हामी हार्दिक अपिल गर्दछौं।'

प्रकाशित : वैशाख १५, २०८१ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?