कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

पालिकैपिच्छे सुविधासम्पन्न खेलमैदान हुनु आवश्यक : सभापति देउवा

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

पालिकैपिच्छे सुविधासम्पन्न खेलमैदान हुनु आवश्यक : सभापति देउवा

उनले खेल मैदानको संरक्षण गर्न आवश्यक रहेको बताए । पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने उनको भनाइ थियो । सभापति देउवाले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य हुने बताए ।

‘खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक छ । गोदावरी नगरपालिकाले यसको प्रयास गरेकोमा मलाई खुशी लागेको छ । खेल मैदानको संरक्षण गर्न आवश्यक छ । पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्छ । खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य छ,' सभापति देउवाले भने, 'खेल मैदानलाई थप व्यवस्थित बनाउन व्यक्तिगत रुपमा पनि प्रतिवद्धता व्यक्त गर्दछु ।'

व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भुमिका महत्वपूर्ण हुने भन्दै अनुशासित र स्वस्थ समाजको लागि खेलको महत्वपूर्ण भुमिका हुने बताए ।

प्रकाशित : वैशाख १५, २०८१ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?