२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

स्पेनमा 'विज्ञानमा कूटनीतिको भूमिका' विषयमा चर्चा 

काठमाडौँ — स्पेनमा लैंगिक समानतालाई अगाडि बढाउन 'विज्ञानमा कूटनीति' को भूमिका विषयमा चर्चा भएको छ । स्पेनी राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थाले मंगलबार आयोजना गरेको उक्त कार्यक्रममा नेपालसहित विभिन्न मुलुकका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।

स्पेनमा 'विज्ञानमा कूटनीतिको भूमिका' विषयमा चर्चा 

त्यस अवसरमा नेपालको तर्फबाट नेपाली राजदूत शर्मिला पराजुली ढकालले महिला राजदूतको रुपमा लैंगिक समानतालाई अगाडि बढाउने विषयमा आफ्नो भनाइ राखेकी थिइन् ।

राजदूत ढकालले लैगिंक समानता र महिला सशक्तिकरणमा अडिग भएर नेपाल अघि बढेको उल्खेख गर्दै भनिन्,' नेपालको प्रेरणादायी यात्रा बाँड्न पाउँदा खुसी छु ।'

उनले नेपालको महिला आन्दोलनको कथा संघर्षको मात्र नभइ विजयको समेत भएको बताइन् । 'चुनौतीहरूको मात्र होइन तर अटल संकल्पको हो जुन हाम्रो संविधानमा प्रतिध्वनित्व हुन्छ, एक प्रगतिशील दस्तावेज जसले महिला सशक्तिकरणको लागि हाम्रो प्रतिबद्धताको आधारको रूपमा काम गर्दछ,' उनले भनिन् ।

उनले नेपालको संविधानको धारा ३८ ले महिलाको अधिकारलाई मौलिक हकको रुपमा लिपिबद्ध गरेको पनि बताइन् ।

प्रकाशित : पुस २५, २०८० १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?