१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

ज्येष्ठ नागरिक सम्मानित

विराटनगर — चित्रगुप्त समाज कल्याण परिषद् तीनटोलीया विराटनगरले १५ जना ज्येष्ठ नागरिकलाई चित्रांश जेष्ठ नागरिक सम्मान प्रदान गरेको छ ।

ज्येष्ठ नागरिक सम्मानित

आफ्नो २५ औं वार्षिक साधारणसभाका अवसरमा शनिबार समाजले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नारायणकुमार, परिषद्‌का अध्यक्ष प्राडा नविनकुमार कर्ण र आदित्य मल्लिक स्मृति गुठीका अध्यक्ष चन्द्रकुमार मल्लिकले ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उपहारसहित पौष्टिक आहार र खाद्यान्न प्रदान गरेका थिए ।

त्यसक्रममा सावित्रादेवी कर्ण, चद्रावती चौधरी, चन्द्रलतादेवी कायस्थ, राजकुमारी कर्ण, चिन्तमणि श्रीवास्तव, विभादेवी कायस्थ, रमाकान्त श्रीवास्तव, सरितादेवी कर्ण, नित्यानन्दालाल दास, सावित्रीदेवी कर्ण, राधाकान्त दास, सारदानन्द दास, पार्वतीदेवी चौधरी, कुलेश्वरलाल कर्ण र रीता श्रीवास्तव लगायतको ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।

गुठीले छनोट गरेका तीनजना विद्यार्थीलाई गुप्ता समाजले छात्रवृत्ति प्रदान गरेको थियो । त्यसैगरी विराटनगरमा अढाई दशकदेखि नि:शुल्क होमियोपैथिकको क्लिनीक सञ्चालन गरेर मानवीय सेवा गर्दै आएका विमलकुमार कण्ठलाई पनि समाजले सम्मान गर्‍यो ।

प्रकाशित : माघ २०, २०८० २१:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?