२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३८

वाइसिएलद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको सहायक संगठन  वाइसिएलको उपभोक्ता हकहित संरक्षण विभागद्वारा आयोजित बृहत् वक्तृत्वकला प्रतियोगिताका विजयीलाई मंगलबार पुरस्कार प्रदान गरिएको छ । 

वाइसिएलद्वारा आयोजित वक्तृत्वकला प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान

'जनयुद्धका उपलब्धी' विषय आयोजित प्रतिगोगितामाका आशा उपकोट प्रथम, शिबु क्षेत्री द्वितीय र सम्झना राई तृतीय भए ।

उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले पुरस्कार प्रदान गरे । प्रथमलाई ५५ हजार द्वितीयलाई ३५ हजार र तृतीयलाई २० हजार नगद र प्रमाण पत्र प्रदान गरियो । सहभागीहरुले पठाएका भिडियोहरु वाइसिएलले फेसबुक पेजमा राखेको थियो । त्यो पेजमा आएका लाईक, कमेन्ट, सेयर र भ्युजको आधारलाई ५० प्रतिशत र अर्को ५० प्रतिशत प्रतिस्पधीले प्रस्तुत गरेको विषयवस्तु र प्रस्तुति कलालाई आधार मानेर छनौट गरिएको थियो ।

फरक क्षमताको रुपमा प्रस्तुत गरेकी आईतमायस तामाङलाई १० हजार र दुई फरक भाषाका भिडियो पठाउने फरन अली र रुपम कर्नलाई ५ हजार प्रदान गरिएको थियो । निरुता ओलीलाई सर्वाधिक रुचाईएक आधारमा १० हजार प्रदान गरिएको थियो ।

प्रकाशित : फाल्गुन १, २०८० २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?