२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

पुरानो नैकापमा ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्रको भवन निर्माण

काठमाडौँ — पुरानो नैकापको शिवलिंग चोकमा निर्मित ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्रको भवनको उद्घाटन भएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भवनको उद्घाटन गरिन् । 

पुरानो नैकापमा ब्रह्माकुमारी राजयोग उप-सेवा केन्द्रको भवन निर्माण

पूर्वराष्ट्रपति भण्डारीले नेपालको तराई, पहाड र हिमालबेसींसम्म ब्रह्माकुमारी संस्थाले गर्दै आएको कार्यले नेपालका युवा, महिला, व्यवसायी लगायत सबै वर्गलाई नैतिक, चारित्रिक र मूल्यवान बन्न प्रेरणा दिएको बताइन् ।

'यस संस्थाको विशेषता भनेको महिलाहरूले यस महाअभियानको विश्वव्यापी नेतृत्व गरिरहेका छन्, जुन हामी महिलाहरूका लागि गौरव र प्रेरणाको विषय हो' उनले भनिन् ।

समारोहमा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले समाजको सकारात्मक परिवर्तनका लागि ब्रह्माकुमारी संस्थाको भूमिकाको प्रशंसा गरे ।

समारोहको अध्यक्षता गर्दै ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी डा. ब्रह्माकुमारी राज दिदी अब सबै दुःख, अशान्तिको दुनियाँ परिवर्तन भएर सुख, शान्ति, समृद्ध दुनियाँ आउनुपर्ने बताइन् ।

नवनिर्मित भवन सांसद कोषबाट १० लाख, पर्यटन मन्त्रालयबाट क्रमश १० लाख, जिससबाट ४ लाख, चन्द्रगिरी नपाबाट १५ लाख, चन्द्रगिरी नपा वडा नं. १३ बाट १० लाख ५० हजार, ब्रह्माकुमारी परिवार तथा शुभेच्छुक बाट १ करोड ८१ लाख ५० हजार गरि जम्मा दुई करोड ३० लाखको लागतमा सम्पन्न भएको हो ।

प्रकाशित : फाल्गुन २०, २०८० १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?