कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अदालतको फरक–फरक आदेश

काठमाडौँ — सुमार्गीको रकमबारे सर्वोच्चको आदेश ‘अनुसन्धान गर्नु’ समाचार पढेपछि केही लेखौं–लेखौं लाग्यो । सुमार्गीका रकम वारपार गर्ने/गराउनेबारे यस अघिदेखि एउटा शक्तिशाली बिचौलिया पक्ष जोडतोडले सफल हुँदै आएको भनी सुन्नमा नआएका होइनन् ।

सुमार्गीले मुक्ति सिमेन्टका नाममा भित्र्याएका झन्डै अर्ब हाराहारी रकमको स्रोतको डीएनए अर्थात् ब्लड रिलेसन कतै कोहीसँग मिल्दैन । लामो समयदेखि उक्त रकम देश भित्रिएपछि टसमस नगरिकन जहींको तहींअड्केर बसेको हुनुपर्छ भन्ने बुद्धिजीवीहरूको अडकल सोह्रैआना ठिक ठहरिएको छ । तर यहाँ बिचौलियाहरू अनेक भ्रम सिर्जना गरी सर्वोच्च न्यायालयलाई अचानो पारी सुमार्गीले ल्याएका रकम वाहिर्‍याउन सफल भएपछि सर्वोच्च नेतृत्व एकाएक झस्कन पुगेको हुनुपर्छ । त्यसैले उसले आफ्नै पूर्व अन्तरिम आदेशलाई एकाएक सच्याउँदै व्यापारी अजय सुमार्गीका नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ‘अपटुडेट’ पार्न अर्को आदेश जारी गरेको छ ।

– श्यामसुन्दर कुइँकेल, हाडीगाउँ, काठमाडौं

प्रकाशित : पुस २८, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?