कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकलमन्त्रीको द्वैध चरित्र

काठमाडौँ — कुनै समय निकै हाइहाइ थियो, अहिलेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको ।साइकल मन्त्रीको नामले चिनिने यी मन्त्रीको मितब्ययी र सादगी जीवनशैली उदाहरणकै रूपमा प्रस्तुत गरिन्थ्यो ।तर अहिले समयले कोल्टे फेरेको छ।

यिनै साइकल मन्त्रीअहिले विलासी र सुविधाभोगीको रफ्तारमा अग्रपंक्तिमा छन् ।पछिल्लो समय आवश्यकताभन्दा बढी सवारी साधनको प्रयोग गर्ने मन्त्रीमा दरिए भने अहिले भ्रमण र भत्तामा राज्यकोषको दोहन गर्ने सूचीमा पनि पहिलो नम्बरमा छन् । यसरी पदीय मर्यादा र जिम्मेवारीको गलत प्रयोग गर्ने यी पहिलो भने होइनन् । तर जनतामा एउटा सकारात्मक छाप बनाइसकेकाबाटै गलत बाटो अवलम्बन हुनजाँदा जनविश्वास त गुम्छ नै, सहीव्यक्तिप्रति नै शंका गर्ने ठाउँ रहन्छ ।

– कपिल केसी, [email protected]


प्रकाशित : पुस २८, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?