कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृथ्वीनारायण, जग्गा दान र नाक कटाइ

काठमाडौँ — पत्रकार र लेखकहरूबाट राजा पृथ्वीनारायण शाहबारे सकारात्मक र नकारात्मक लेख आइरहेका छन् । तर, तथ्य भने यस्तो छ– १७ औं, १८ औं, १९ औं र २० औं सताब्दीको पूर्व खण्डसम्म पनि नेपाल लगयात छिमेकी र टाढाका राज्यहरूमा कर्मचारी, पादरी, पुरेत, सेना लगायतलाई काम गरेबापत जग्गा दिने चलन थियो ।

पृथ्वीनारायण, जग्गा दान र नाक कटाइ

ती जग्गा कमाइ खाने र जागिर नभएको अवस्थामा स्वत: खोसिन्थ्यो । २२ से, २४ से राज्यमा पनि त्यही प्रचलन थियो । उपत्यकाका राजा, सेन राजा, जुम्ली राजा लगायतको जागिरे प्रथा त्यही थियो ।


उसबखत चाँदी र सुनका पैसा महङ्गा थिए । समाज ‘बार्टर सिस्टम’मा चलेको थियो । पहिलो विश्वयुद्धमा जाने नेपाली सेनालाई समेत तलब बापत जग्गा कमाएर बाली दिने गरेको तथ्य केही हप्ताअघि प्रकासित हेमराज शर्मा लिखित ‘प्रथम विश्वयुद्धको वर्णन’ पुस्तक पढे थाह हुन्छ । पृथ्वीनारायण शाहले जनजातिका जग्गा गोर्खालीलाई दिए भन्नु गैरप्राज्ञिक हो ।


युद्धमा बहादुर सेना लडाइँ गरेरै युद्धमै मर्थे, मार्थे । जो धोकेवाज छ, धर्मछाडा छ, जो सन्धि मान्दैन, जो युद्धबाट भाग्छ त्यस्ता कायरहरूलाई भने नमारी समाजलाई कायरहरू चिनाउन नाक, ओठ, कान काट्ने, डामेर छाड्ने प्रचलन नेपालका सबै साना राज्यभित्र थियो । यो सैनिकमात्र नभई एकप्रकारको सामाजिक प्रचलन थियो । उसबखत भारतका मुगल राज्य, बेलायत, चीन, फ्रान्स, अरबमा समेत सेनाका कायरहरूलाई सोही बमोजिम सजाय दिने प्रचलन थियो । तर कायरलाई मारिन्न थियो । लेखकहरूले सोध गरुन् कान्तिपुरको कालभैरवमा कस्ता कस्ता सजाय दिने चलन थियो । अनि २१ औं शताब्दीको र मानवअधिकार पढेका डा. र हेडमास्टरले नेतृत्व गरेको माओवादी युद्धमा निहत्था जनताका के के काटिएका थिए ? कसरी काटिएका थिए ? माओवादी सेना प्रमुखबारे किन चुप छन् लेखकहरू ?


वि.सं. १८७३ को नेपाल–अंग्रेज युद्धमा मलाउको किल्लामा युद्धभूमिबाट भाग्ने कायरहरूलाई बडाकाजी अमरसिंह थापाले नाक, कान काटेर सजाय दिएका थिए । १९१२ सालको अन्तिम भोट युद्धमा जान नमान्ने र भाग्ने कायर सेनामध्ये ४ जनाको रसुवाको टिमुरेमा नाक, कान काटिएको थियो भने १ जनालाई प्राणदण्ड दिइएको थियो । इतिहास बङ्ग्याउन र पृथ्वीनारायणको खेदो काटेर कमाइ खान पल्केकाहरूले अब धर्म नछाडून् । सैनिक नियम कानुन अनुसार उसबेला त्यस्तै सजाय हुन्थ्यो । यसबारे विस्तृत् अध्ययन, अनुसन्धानपछि मात्र सत्यतथ्य खुल्नेछ ।

त्यतिकै पृथ्वीनारायण शाहले कीर्तिपुरेको नाक, कान काटे नभनौं ।


एकजना महिलालाई उपन्यासको बिरङ्गाना बनाएर पृथ्वीनारायणसँग जोडेर मनपरि गाली गरिन्छ । त्यो झुट हो । उपन्यास र इतिहासमा फरक हुन्छ ।

– प्रेमसिंह बस्न्यात, बाँसबारी, काठमाडौं

प्रकाशित : माघ ३, २०७५ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?