कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेहाल विमानस्थल

काठमाडौँ — मुलुकका धेरै विमानस्थलको बेहाल छ । आइतबारको कान्तिपुरमा उल्लेख ‘रनवेमा खेल, टर्मिनलमा शौच’ प्रतिनिधि उदाहरणमात्र हो । हरेक सरकार तथा पर्यटन मन्त्रीले गृहजिल्ला पुग्दा वा कहीं कतै पुग्दा भाषण दिन्छन्, ‘यो जिल्लामा अब एयरपोर्ट बन्छ ।’

बेहाल विमानस्थल

बनेका तथा बन्द भएकालाई चलाउँछु, कमैले भन्छन् । चलाउन भनेर लोकलाजले एकपटक प्राधिकरणलाई तोक आदेश दिन्छ । हतार–हतार कामचलाउ रनवे र अस्थायी टावर बनाएर मन्त्री केही झुन्ड लिएर विमानस्थल उत्रने तथा अबिर–माला गलाभरि भिरेर केही घन्टा भोषण ठोकी राजधानी फर्कने गर्छन् । त्यसपछि सो रनवेले वर्षौं विमानको मुख देख्न पाउँदैन । जहाँ धेरै उडान हुन्छ वा त्यहाँ रनवे पिच गर्न प्राथमिकता पर्दैन । करोडौं रकम खर्चेर पिच गरेपछि विमान आउन छाडछ । यसको गतिलो उदाहरण हो, मनाङको हुम्डे विमानस्थल । कम्तीमा सातामा एकपटक काठमाडौं तथा पोखराबाट उडान भरे पनि यसको दीर्घजीवन हुन्थ्यो । रामेछापको मन्थली पनि उस्तै हुनलागेको थियो । धन्न अहिले लुक्लामा ‘कार्गो’ उडान भरेर यसले काम पायो । खासमा यसलाई लुक्लाका लागि सधंै सस्तो उडान भर्न सकिने विमानस्थल बनाउनुपर्ने हो । धेरै खर्च गर्ने वा शौखिन विदेशी तथा आन्तरिकले काठमाडौंबाट नभए, आन्तरिक तथा स्थानीयलाई मात्र लक्षित गरे पनि यसले धेरै राहत दिने थियो । स्याङबोचे विमानस्थल संसारकै अग्लो ठाउँमा रहेको विमानस्थल मानिन्छ । यसलाई पनि काठमाडौंका अलावा रामेछाप तथा जनकपुरबाट उडान भरेर आन्तरिक पर्यटकको गन्तव्य बनाउन सकिन्छ । दोलखाको जिरी, चितवनको मेघौली, कैलालीको टीकापुर वा गोरखाका पालुङटार हावा खाएर बसेका छन् ।


हाम्रोजस्तो मुलुकका लागि विमानस्थल एकदमै महत्त्वपूर्ण छ । वर्षातका बेला सडक अवरुद्ध हुँदा होस् या गरिब जनताले बिरामी पर्दा भर पर्न पाउँथे । लाखौं–लाख खर्च गरेर साधारण उपचारकै लागि ‘हेलिकप्टर चार्टर’ गर्नुपर्ने अवस्था छ । मुगुको ताल्चा विमानस्थल बनाउन चार दशक लागिसक्यो, टावर गतिलो बनाउन प्राथमिकता पर्दैन । आन्तरिक पर्यटकको लर्को लागेको छ । तर नेपालगन्ज बाहेक काठमाडौं तथा पोखराबाट पनि सेवा दिन किन सरकार सोच्दैन ? हजारौं भारतीय तीर्थयात्री मानसरोवर जान नेपालगन्ज भएर सिमकोट, हुम्ला उत्रेर हिल्सासम्म हेलिकप्टर प्रयोग गरी जाँदा काठमाडौंबाट सिधै हवाइसेवा सञ्चालन भए राजधानी लगायत आसपास तथा पूर्वी सहरका धार्मिक पर्यटक पनि उता जान रुचाउँथे । उसरी नै वर्षौंपछि रनवे पिच भएको ताप्लेजुङ, सुकेटारको भरपुर प्रयोग भएको छैन । इलाम सदरमुकाममा निर्माणाधीन विमानस्थल पनि यथाशीघ्र सञ्चालनमा आउनुपर्छ । लुक्लामा निजी क्षेत्रका केही सीमित हवाई कम्पनीको आधिपत्य छ, पोखरा तथा सहरी क्षेत्रमा उसरी नै निजी क्षेत्रकाले बजार ओगटेका छन् । तर हाम्रो नेपाल वायुसेवा निगम नाम मात्रको उपस्थिति देखाएर चलेको छ । दर्जनौं हेलिकप्टर कम्पनीले मुलुकभर सेवा दिएका छन् । तर नेवानिको एउटा पनि हेलिकप्टर छैन ।

– श्रीकृष्ण राजवंशी, सुनकोसी–३, सिन्धुली

***


नेपालका ४४ वटा आन्तरिक विमानस्थलमध्ये १७ वटामात्र सञ्चालनमा रहेछन् । सन् २०२० लाई विशेष पर्यटन उत्सवका रूपमा मनाउने तयारी भइरहेको छ । आन्तरिक विमानस्थलप्रति सरकारी बेवास्ताले कार्यक्रमको उद्देश्यलाई प्रभावित पार्न सक्छ । नेपाल विविधताले भरिएको देश हो । विदेशी पर्यटकलाई यहाँको विविधता सहितको भूगोल, इतिहास, कला, साहित्य र संस्कृतिको छोटो समयमै दर्शन गराउन हवाइसेवाले ठूलो टेवा दिन सक्छ । त्यसैले विमानस्थल दुरुस्त र सेवा चुस्त बनाउन सरकारको ध्यान पुग्न जरुरी छ ।

– महेन्द्रसिंह बम, टीकापुर– १, कैलाली

प्रकाशित : माघ ७, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?