कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोटा हटाए चिनी सस्तो

काठमाडौँ — सरकारले तोकेको उखुको न्युनतम मूल्य किसानलाई दिन उद्यमीहरू आनाकानी गरिरहेका छन् । चिनीको मूल्य बढाउने पर्दा पछाडिको फोहोरी खेलमा पनि उद्यमी लागेका छन् ।

देशमा रहेका केवल १३ चिनी उद्योगपतिलाई फाइदा पुर्‍याउन सरकारले चिनीको आयातमा कोटा लाएकाले चिनीको मोनोपोली मूल्य चलेको हो । चिनीको मूल्य बढाउन पर्दा पछाडि खेलहरू सुरु भएका छन् । हाल भारतमा केवल ४८ (भारु ३०) रुपैयाँ प्रतिकिलोमा चिनी पाइन्छ । नेपालमा ७० रुपैयाँ छ । मूल्य अझ बढे आमनेपाली प्रताडित हुनेछन् । यस अघि दसंैको मुखमै आएर चिनीको आयात कोटा तोक्ने कार्यले बजारमा मूल्यवृद्धि गराएको थियो । त्यो बेला नेकपाकै नेता लेखराज भट्टले १ अर्ब ५९ करोड रुपैयाँको भ्रष्टाचार भएको आरोप लगाएका थिए । तर छानबिन र दण्ड–सजाय भएन ।


उद्योगहरू संरक्षण गर्ने नाममा कहिले चिनीको मूल्य बढाउने त कहिले आयात कोटा तोक्ने हचुवा कार्य गरिएका छन् । त्यसले करोडौं नेपाली उपभोक्तालाई मर्का परिरहेको छ र देशमा भ्रष्टाचारको जालो बढिरहेको छ । आम जनतालाई फाइदा पुर्‍याउने हो भने हरेक क्षेत्रमा प्रतिस्पर्धी व्यवस्था कायम गरिनुपर्छ, नकि संरक्षण र कार्टेलिङ । मुलुक भित्रका चिनी मिललाई फाइदा पुर्‍याउन करोडौं उपभोक्तालाई मूल्यवृद्धिको पासोमा हाल्नु ठाडै भ्रष्टाचार हो । चिनीको आयात कोटा हटाउने हो भने ६० रुपैयाँमा चिनी दिन सकिने व्यापारीहरू बताउँछन् । आयात कोटा हटाउँदा भारतबाट सस्तो मूल्यमा चिनी नेपालमा आउन सक्छ । तर सरकार आम नेपालीलाई सस्तो मूल्यमा चिनी दिन अनिच्छुक छ । सरकार जनताका लागिभन्दा पनि सीमित उद्यमी व्यापारीको फाइदामा स्वार्थवश लाग्दा यस्तो स्थिति आएको हो । यसमा भ्रष्टाचारको गन्ध छ ।

– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडांै

प्रकाशित : माघ ७, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?