कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाउँ–ठाउँमा चिस्यान केन्द्र

काठमाडौँ — स्थानीय तह, प्रदेश र केन्द्र सरकारले कृषिमा गहन अध्ययन, अनुसन्धानका साथ कृषि उत्पादन उपभोक्तासम्म बिक्री गर्नसक्ने वातावरण तयार गरेमात्र समृद्ध नेपाल हुनसक्छ ।

हचुवाको भरमा ल्याइएका विकासे नारा काम लाग्दैन । कृषकले
कडा परिश्रम गरी उत्पादन गरेको उपज बजार अभावले किसान मर्कामा पर्नुपरेको छ । कृषि उपजको बजार व्यवस्था र चिस्यान केन्द्र सरकारले आफैं वा सरकारी अनुदानमा किसानले स्थापना गर्नसके राहत मिल्छ । कृषि उत्पादन सडकमा फ्याँक्नुपर्ने र डोजर लगाउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ ।
– बलराम थापा, क्षेत्रपाटी, काठमाडौं

प्रकाशित : माघ २८, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?