कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचारको बढ्दो शृंखला

कान्तिपुर संवाददाता

काठमाडौँ — दैनिक सार्वजनिक हुने भ्रष्टाचार र घूसखोरीका समाचारले देशै भ्रष्टहरूको हो कि भन्ने भइसक्यो ।

लाख होइन, करोडौं, अर्बौं रुपैयाँ भ्रष्टाचार भएका सार्वजनिक तथा निजी संस्थान धेरै छन् । कहिले प्रहरीले घूस लिएको त कहिले आयल निगमका प्रमुखले, कहिले दुइटा वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब २५ करोडको भ्रष्टाचार प्रकरणमा बहालवाला मन्त्री भ्रष्टाचारमा संलग्न भएका समाचार आउँछन् । हुँदाहुँदा भ्रष्टाचार नियन्त्रण गर्न गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त नै घूस काण्डमा संलग्न हुनु लज्जा हो । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियारका आयुक्त राजनारायण पाठकले घूस लिएको भिडियोसहितको तस्बिर चार महिनाअघि नै हेरिसकेका रहेछन् । किन यत्रो समय कारबाही गरिएन ? यसले शंका उब्जाएको छ ।
–तिलप्रसाद न्यौपाने, माछापोखरीचोक, काठमाडौं

प्रकाशित : फाल्गुन ५, २०७५ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?