कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रणनीति बनाउँदै साना दल

कान्तिपुर संवाददाता

काठमाडौँ — संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जित्ने र ३ प्रतिशत मत ल्याउने दलमात्रै राष्ट्रिय दलमा गनिनेछ । संसद्मा नेकपा, नेपाली कांग्रेस, राजपा र संघीय समाजवादी फोरममात्र छन् ।

संवैधानिक व्यवस्था अनुसार चारवटा मात्रै दल भए पनि यसभन्दा पहिले धेरै राजनीतिक दल स्थापित भएका थिए । विभिन्न नाम गरेका राप्रपा, त्यस्तै फरक–फरक नामका माओवादी, नयाँशक्ति नेपाल, विवेकशील साझा पार्टी भावी रणनीति तयार पार्दै विभिन्न खालका कार्यक्रममा लागिपरेका छन् । गएको चुनावमा राष्ट्रिय दलको हिस्सा लिन नसकेपछि आगामी चुनावका लागि बलियो आधार बनाउन भन्दै साना दल राष्ट्रिय अभियानमा जुट्न थालेका छन् । नयाँशक्ति पार्टी नेपालले जनसंवाद यात्रा थालनी गरेको छ । नेकपा (क्रान्तिकारी–माओवादी) र राप्रपा पनि गाउँ पसेका छन् । पार्टी एकताको अभियानलाई गाउँ–गाउँ पुर्‍याउने भन्दै आएको सत्तासीन नेकपाको एकता प्रक्रिया लथालिङ्ग भएपछि अभियान अलपत्र परेको छ ।
– सुजन देवकोटा, पालुङटार–४, गोरखा

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?