कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभ्य नागरिक बन्ने कि !

कान्तिपुर संवाददाता

काठमाडौँ — हामी आफैले वातावरण प्रदूषित बनाइरहेका छौं । यसको लेखाजोखा हामीलाई छैन ।

चुरोट तान्छौं, खोल सडकमा फुत्त फाल्छौं, खैनी खान्छौं, सकिएको खोल सडकमै फाल्छौं, पानी किनेर खाली बोतल सडकमै फाल्छौं, चाउचाउ खान्छौं, खोल सडकमै फाल्छौं, हरियो मकै खान्छौं, खोया सडकमै फाल्छौं । पराग, गुट्का खान्छौं, खोल सडकमै फाल्छौं । काम नलाग्ने कागज छ भने सडकमै फmाल्छौं । सुन्तला खान्छौं, बोक्रा सडकमा, बदाम खान्छौं, बोत्रा सडकमा, कोला खान्छौं, बोक्रा सडकमा, कुरकुरे खान्छौं, खोल सडकमा । यसले वातावरणमा पारेको गम्भीर असर हामीलाई पत्तै हुँदैन । सडकमा दिनहुँ हजारौं मान्छेको लस्कर चलिरहेको हुन्छ । एक जनाले एकपटक फालेको फोहोरले नै प्रदूषण हुन्छ भन्ने कहिले बुझ्ने ? प्रदूषणमुक्त सडक, प्रदूषणमुक्त गाउँ, टोलछिमेक, बनाउन आजैबाट आआफ्नो स्थानमा रहेर सभ्य बन्ने अभ्यास गरौं ।
– गोविन्द विक, कपन, काठमाडौं

प्रकाशित : फाल्गुन १०, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?