कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मन्त्री र सचिवको कुरा नमिल्दा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रसंग, फागुन (१० को कान्तिपुर दैनिकमा प्रकाशित खबर ‘भारतीय बसलाई चिनियाँ प्रमाणित नगर्दा सरुवा’ पढिरहँदा प्रत्येक मन्त्रालय भित्रैदेखि भ्रष्टाचारको सेटिङ मिलेको आभास भयो  । जहाँ सचिव कृष्णप्रदसाद देवकोटाले भनेका छन्, ‘तँलाई ठेगान लगाइदिन्छु भन्थे, लगाए  ।

के यो लुट्तन्त्र होइन ? इमानदार कर्मचारीको कुनै स्थान छैन ? केही दिनअघि चर्चित गायक पशुपति शर्माले ‘लुट्नसके लुट कान्छा नेपालमै हो छुट’ बोलको गीत सार्वजनिक गरिरहँदा सत्तासिन दल र तिनका भ्रातृ संगठनहरूले गायक शर्माको करिअरलाई धम्कीको भाषामा तिखो प्रहार गरी असह्य विज्ञप्ति निकाल्न भ्याए । विलियम शेक्सपियरको भनाइ छ, ‘साहित्य, कला र सिर्जना माथिको राजनीतिक हस्तक्षेप वाक् स्वतन्त्रता माथिको ठाडो प्रहार र निरंकुश अभ्यास हो ।’ त्यसको केही दिनमै भारतीय बस विवादमा सचिव सरुवा गरिएको खबर सार्वजनिक हुनु लज्जास्पद हो । मन्त्रालयभित्रै यस्ता हर्कत हुन्छन् भने तल्लो तहमा भ्रष्टाचार कसरी नियन्त्रण होला ? के प्रधानमन्त्रीको समृद्धिको नारा भाषणमा मात्रै सीमित हो ? होइन भने किन निरीह बनेर टुलुटुलु हेरिन्छ मात्र ? अनि आम जनताले यही अपेक्षासाथ मत प्रदान गरेर दुई तिहाइ बलियो बनाएका हुन् त ? लोकतन्त्रमा जनताले हरेक क्षेत्रको सूचना र जानकारी पाउन सक्नुपर्छ र खबरदारी पनि गर्न पाउनु लोकतान्त्रिक मूल्य–मान्यताभित्र पर्छ । वाइड बडी काण्ड नसेलाउँदै भारतीय बस सम्बन्धी विवादमा तानिनुले मन्त्रीको योग्यता र विश्वसनीयतामाथि प्रश्नचिन्ह खडा भएको छ । दुई तिहाइको समृद्धिको नाराले नेपाल र नेपालीले विश्वसामु आलोचना खेप्नुपरेको यथार्थ भएको छ ।
– रवीनकुमार घिमिरे, वैत्यश्वर–६, दोलखा

प्रकाशित : फाल्गुन ११, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?