१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

अपसकुनको संकेत

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘अनियमिततामा मुछिने, कारबाही नहुने’ समाचार संवेदनशील छ  । यस समाचारले कानुनी राजको उपहास सरकारबाट कसरी भएको छ, त्यसबारे प्रस्ट पारेको छ  ।

अनियमिततामा मुछिएकालाई राज्यले राजीनामाको बहानामा कारबाही नगर्ने परिपाटी भविष्यका लागि अपसकुनको संकेत हो । यसले राष्ट्रलाई बर्बाद पार्छ । राष्ट्रको समृद्धि एकादेशको कथा बन्न पुग्छ । अनियमिततामा मुछिएर राजीनामा दिँदैमा उन्मुक्ति दिने परिपाटी बनाउन हुँदैन । यस्तो प्रवृत्ति वृद्धि हुँदै गएमा दण्डहीनताले प्रश्रय पाउँछ । दण्डहीनता कानुनी शासनको एक नम्बर शत्रु हो । राजीनामा दिएपछि छानबिन गरी कारबाही चलाएमा दण्डहीनता घट्दै जान्छ । दण्डहीनता घट्नु राज्य बलियो भई कानुनी शासनको अवधारणाले मूर्तरूप पाउनु हो । जनअपेक्षा छ ।
–महेन्द्रमान श्रेष्ठ ॅव्यथित’, पोखरा

प्रकाशित : फाल्गुन १२, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?