कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आप्रवासी समस्याबारे सोचौं

कान्तिपुर संवाददाता

काठमाडौँ — एउटा गैरसरकारी संस्थाको तथ्यांकले काठमाडौं उपत्यकामा अफ्रिकी मुलुकदेखि पाकिस्तानसम्म गरेर झन्डै पाँच सयभन्दा बढी आप्रवासी भएको पुष्टि गरेको छ  । प्रश्न एउटै— किन नेपालमा आप्रवासी आकर्षित भइरहेका छन् ? उत्तर पनि एउटै— हाम्रो खुल्ला सिमाना, फितलो प्रशासन र भारतीयहरूसँग मिल्दोजुल्दो अनुहार  ।

यिनै कारणले हुनुपर्छ, नेपालमा दिन–प्रतिदिन आप्रवासीहरूको संख्या बढ्दै छ । अर्कातर्फ यी आप्रवासीका समस्यातर्फ सरकार मौन बसिरहँदा भोलि यो हाम्रा लागि ठूलो समस्या बन्न सक्छ । उसै पनि हामी आफ्नै समस्यामा रुमलिएको वर्षौं भैसकेको छ । हामी प्रतिदिन गरिबीतर्फ उन्मुख भइरहेका छौं । फेरि पनि सरकार भने यी आप्रवासीबारे चुँक्क अवस्थामा छैन । सरकारले अन्तर्राष्ट्रिय स्तरमा किन आवाज उठाउन सकेको छैन ? आफ्ना नागरिकको व्यवस्था आफै गर भन्न किन डराइरहेको छ ?
नीतिनिर्माण तहमा बसेकाहरूले आप्रवासीसँग जोडिएका कानुन निर्माण गर्दै यिनीहरूलाई घर फर्किने वातावरण बनाउन पहल गर्नुपर्छ । अन्यथा यो प्रवृत्ति भोलि नेपालका लागि ठूलो टाउकोदुखाइ हुने निश्चित छ ।
– रामकृष्ण बराल, जोरपाटी, काठमाडौँ

प्रकाशित : फाल्गुन ३०, २०७५ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?