कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोकतन्त्र दुब्लाउँदैछ

लोकतन्त्र जनताको शासन, स्वतन्त्रता र सार्वभौमसत्ता उजागर शासन हो  । बिहीबार प्रकाशित ‘लोकतन्त्र दुब्ला भया’ आलेख अध्ययन गर्दैगर्दा लोकतन्त्रका नाममा हामीजस्ता साधारण नागरिकले जीवनमा भोग्नुपर्ने समस्याको महसुस भयो  ।

साधारण नागरिक र ठूला वर्ग एवं हैसियतका नागरिकको बीचमा देखिएको फरकपनले लोकतन्त्रको खिल्ली उडाउँदैछ । जनताको कठोर बलिदानीले २०६३ बैसाख ११ गते लोकतन्त्र स्थापना हुँदा नेपालीले उत्सवको रूपमा मनाउन पछि परेनन् । नागरिकहरूले आफ्ना जनप्रतिनिधि छान्ने र सोही बमोजिम नागरिकको नजिक रहेर शासन गर्ने प्रक्रिया सुरुवात भयो । जनता आशा र भरोसाको फूलबारीमा फूल रोप्दै लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्दै अगाडि बढ्ने कोसिस गरिरहेका छन् । तर वर्तमान समयमा हुँदै गएको अव्यवस्थित कार्यशैलीले नागरिकको विश्वासमा दुविधा सिर्जना भएको छ । न्यायालयमा निष्पक्ष न्यायको अभाव, सार्वजनिक सेवा प्रवाहमा विभेद, भ्रष्टाचारीले संरक्षण पाउनु जस्ता क्रियाकलाप झांगिनाले लोकतन्त्र दुब्लाउँदै गएको छ । सामाजिक समानता, न्याय, सुरक्षा, नागरिकको स्वतन्त्रता र मानव अधिकारको संरक्षण गर्नु नै लोकतन्त्रको संरक्षण गर्नु हो ।
– प्रगिता अधिकारी, अर्घाखाँची

प्रकाशित : वैशाख १३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?