कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्दा पछाडिबाट देश चलाउनेहरू

परिवर्तन आएको छ, जनताको होइन, नेताको  । हिजो चप्पल लगाएर राजनीतिमा छिर्ने नेताहरूका आज एकाएक ठूलठूला महल ठडिएका छन्  ।

त्यो कसरी सम्भव भयो ? त्यसको लेखाजोखा कसैले राखेनन् । नेताहरूले आफ्नो सम्पत्ति विवरण कहिल्यै ठिकसँग पेस गरेका छैनन् । जसरी हुन्छ, दाम कमाउ भन्नेमा नेताहरू लागेका छन् । लोकतान्त्रिक गणतन्त्र आएको १३ वर्ष भइसक्यो । तर जनताको जीवनस्तर झन्–झन् तल झर्दैछ । लोकतन्त्र भनेको जनताले जनतामाथि नै शासन गर्ने प्रणाली हो भन्छन् । तर यहाँ त्यसको ठिक विपरीत भएको छ । जनताको शासन होइन, केही व्यक्तिले पर्दा पछाडि बसेर देश चलाइरहेका छन् । उनीहरू कानुनभन्दा माथि छन् । उनीहरूले जे बोल्यो, त्यही कानुन बन्छ । नेतालाई अप्ठ्यारो पर्दा जनताले साथ दिने, तर जनताको बारेमा नेताहरूले कहिल्यै नसोच्ने भइरहेछ । लोकतन्त्र हो कि नेतातन्त्र हो, छुट्याउन गाह्रो भएको छ ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : वैशाख १३, २०७६ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?