खाइपाइ आएको सुविधा खोस्ने !

जेठ १५ गते यस वर्षको बजेट प्रस्तुत हुँदैछ  । कर्मचारीको तलब वृद्धि हुन्छ भन्ने हल्लाले तमाम कर्मचारी, शिक्षक सरकारदेखि खुसी भइरहेका छन्  ।

समृद्ध नेपाल, सुखी नेपाली बनाउने प्रमुख दायित्व कर्मचारी, शिक्षककै हुन्छ । उनीहरूलाई उत्प्रेरित गराउनु राज्यको दायित्व हो । सरकार गम्भीर बन्नैपर्छ । खोला तरिसकेपछि लौरो बिर्सन मिल्दैन । कर्मचारीहरूको बाउआमाको वृद्धभत्ता काट्ने तयारी सरकारले गरिहेको छ भन्ने हल्ला पनि छ । यस्तो सुन्दा दुःख लाग्यो । भइरहेको सुविधामा थप्नुपर्नेमा उल्टै पाउँदै आएको सुविधा कसरी खोस्ने ? खोसियो भने ज्येष्ठ नागरिकको अधिकार हनन हुन्छ । के कर्मचारीका बाउआमाले चाहिँ राज्यलाई योगदान दिएनन् र ? सामाजिक न्याय विरुद्धको कार्य सरकारले गर्नुहुन्न । गर्ने छैन भन्ने विश्वास छ । कर्मचारीको बाउआमा हो भन्ने नाताले सुविधा काट्न मिल्दैन ।
– हर्कनारायण श्रेष्ठ, त्रियुगा नपा–१०, उदयपुर

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?