कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

साझालाई सुझाव

साझा यातायातले नयांँ–नयांँ रूट छनोट गरी यात्रुलाई सुगम बनाइदिएको छ  । आफ्नो सवारी साधन नभएकालाई धार्मिक यात्रा चाहेर पनि गर्न नसकिएको अवस्था छ  ।

कतिपय धार्मिक स्थलमा सार्वजनिक सवारी नजाने, जाने ठाउँमा पनि लामो समय लाग्ने कारणले यात्रा असुविधाजनक भएको छ । यसैले धार्मिक तीर्थयात्रीको सुविधाका लागि नयांँ बसहरूलाई निम्न स्थानहरू समेटी घार्मिक यात्रा रूट बनाउन सकिन्छ ।


सबै ठाउँमा जान चाहनेले १/२ दिनको समयावधि राखी जुनसुकै रूटमा चल्ने साझा बस चढ्न सक्नेगरी एकमुष्ठ टिकट लिन पाउने व्यवस्था गर्दा धार्मिक पर्यटनको पनि विकास हुन्छ । साझा यातायातलाई पनि फाइदा पुग्छ । दक्षिणकाली–विशंखुनारायण–स्वयम्भू–बालाजु पार्क–बूढानीलकण्ठ–गोकर्ण–पशुपति–चांँगुनारायण–सूर्यविनायक–डोलेश्वर–आशापुरी–सांँगा शिवमहादेव रूटमा दुवैतर्फबाट सञ्चालन गर्नसके वेश हुन्छ ।
– चन्द्रबहादुर खड्का, बसुन्धारा, काठमाडौं

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?