कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कुलमानहरूका लागि जागौं

देशका लागि काम गरिरहेका कुलमान घिसिङमाथि अहिले केही मान्छे खनिएका छन्  । हुन सक्छ, कुलमानले घूस खुवाउन वा चाकडी बजाउन सकेनन्  ।

कुलमानजस्ता निर्विवाद कर्मचारीलाई षड्यन्त्रपूर्वक तलमाथि पार्न सकिए आफ्ना हनुमान लगी फेरि लोडसेडिङ गरेर कमिसन खान यो हर्कत गरिएको होइन भन्न सकिन्न । २०६५ भदौमा १८ घण्टे लोडसेडिङको अन्धकारसहित प्रचण्ड युगको सुरुवात भएको थियो । पछि माधव नेपाल, बाबुराम भट्टराईले १४ घण्टासम्म झारेका हुन् । झलनाथ खनालका कालमा गोकर्ण विष्टले ६–७ घण्टामा झारे पनि अरूले सकेनन् । उनलाई पार्टीका कमिसनखोरहरूले काम गर्नै दिएनन् । केही कालपछि ऊर्जामन्त्री भएका जनार्दन शर्माले राम्रो छवि भएका कुलमानलाई विद्युत् प्राधिकरणको हाकिम बनाएर सराहनीय काम गरे । कुलमानसँगै उज्यालो युगको सुरुवात भयो । सभ्य देशमा भएको भए अन्धकार युगका प्रणेताहरूले कुलमानसित माफी माग्थे होलान् तर नेपालमा नेताहरूबाट यस्तो अपेक्षा गर्नु नै मूर्खता हुन्छ । इमानदार राष्ट्रसेवकलाई पुरस्कृत गर्नु त कता हो कता, बदनामीमा रमिते बनिरहेको छ सरकार । कुलमानहरूका लागि काम गर्ने वातावरण बनिरहोस् भन्नका लागि सचेत नागरिक जाग्नुपर्ने भएको छ ।
– ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य', महाकवि देवकोटा आश्रम

प्रकाशित : जेष्ठ १२, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?