जवाफदेहिताके खाँचो

कान्तिपुर संवाददाता

सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको मेरुदण्ड कर्मचारीतन्त्र हो  । सरकार सफल/असफल हुनेमा कर्मचारीतन्त्रको पनि हात छ  ।

यसर्थ, कर्मचारीहरूमा स्पष्टता र जवाफदेहिता अति आवश्यक छ । सकारात्मक ढंगले छिटोछरितो रूपले कार्य गर्दा पनि अबजश खेप्नुपर्ने पनि हुन्छ । तथापि कर्मचारीहरूले सरकारको नीति निर्देशन परिपत्र ख्याल गरेन र आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ मात्र ध्यान दियो भने जति व्यवस्था बदलिए पनि जनताले सुख पाउँदैनन् । सरकारलाई सफल बनाएर जिम्मेवारी पूरा गर्ने गुरुत्तर दायित्व कर्मचारीतन्त्रको काँधमा छ । यो झन् अन्यन्तै संवेदनशील कुरा हो । यस अनुसार कर्मचारी हिँड्नैपर्छ । हिँड्नभन्दा पनि दोड्नैपर्छ । अब हिँडेर लोकतन्त्र, गणतन्त्र सफल हुन सक्तैन ।
– हर्कनारायण श्रेष्ठ, त्रियुगा नपा–१०, उदयपुर

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सहिद हुने भइयो

कान्तिपुर संवाददाता

मेयरसावले जनताको नाक भाँच्ने भए

नाक भाँचेर लोकतन्त्रको नाक राख्ने भए
नेताहरूले जंगे शासन देखाएरै छाडे
आफ्नो नामलाई ऐतिहासिक बनाएरै छाडे
लोकतन्त्र त फेरिएर ठोकतन्त्र पो भयो
देशवासीको अपेक्षाचाहिँ खोलाखोलै गयो
हाँसौं भने पागल भइयो, रोए रुञ्चे भइयो
ठोकतन्त्रमा च्यापिएर सहिद हुने भइयो ।
— कृष्ण कुम्पुरे, आदमटार, धादिङ

प्रकाशित : जेष्ठ २४, २०७६ १०:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT