कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारका लागि सामाजिक सञ्जाल

नेपालमा विषादीसहित भित्रिने भारतीय तरकारी तथा फलफूलको परीक्षण गर्न खोज्दा भएको विरोध र सरकारले विषादी परीक्षण बन्द गर्दा दुःखेका मन बिसाउने सन्तुलित थलो भएका छन् सामाजिक सञ्जाल  ।

काठमाडौंस्थित भारतीय दूतावासको पत्रले हल्लाएको सरकारले जनताका पक्षमा नभई आफ्नो बचाउ गरेको र प्रधानमन्त्री, मन्त्री तथा सचिवबीच आरोप–प्रत्यारोप चलेको विषयमा सामाजिक सञ्जालमा राम्रै बहस भयो । बिराएको बाटो सम्हाल्न सरकारलाई पेस गरेका सकारात्मक पृष्ठपोषण अत्यन्त सान्दर्भिक छन् । यो चिठी कुनै विपक्षी वा प्रतिपक्षीय नभई सत्तारूढ पार्टी एमालेकै संगठित सदस्यले सरकार र सरकारी रवैयाप्रति चित्त दुखेर यस्तो भद्रगोल सरकारको साटो राम्रो र प्रभावकारी सरकार सञ्चालनको आशा राख्दै लेखेको हो । सरकार, प्रधानमन्त्री र मन्त्रीका बारेमा पृष्ठपोषण गर्दा ‘साइबर क्राइम’ को मुद्दा लगाउने सरकारी संयन्त्र र पदाधिकारीले सामाजिक सञ्जाल राम्ररी हेरेर मनन गरेमा संकुचित मनमस्तिष्क पुनर्ताजगी भई जनताका पक्षमा सरकार चलाउने सद्बुद्धि आउँथ्यो कि ?
–गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : असार २९, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?