कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीको वित्याँस

राजधानी काठमाडौंका बासिन्दालाई उडायो सपना सबै बाढीले भने जस्तै भएको छ  ।

शुक्रबार बिहान काठमाडौंको मूलपानीमा एउटा घरको पर्खाल भत्किँदा एकै परिवारका ३ जनाको ज्यान गएको खबरले स्तब्ध बनाएको छ । मुलुकका विभिन्न स्थानमा बाढी–पहिरो जाँदा सडक र राजमार्ग अवरुद्ध बनेका छन् । मुग्लिन–नौबिसे सडक खण्ड, बाग्लुङ–बुर्तिबाङ सडक खण्ड, गुल्मी सडक खण्डलगायत थुप्रै पहाडी सडकमा पहिरो र बाढी पसेर यात्रुले सास्ती खेप्नुपरेको छ । कतिखेर बाढीमा परिने हो, माथिबाट ढुंगा खस्ने हो, घरको छानो ढल्ने हो भन्ने पीरले जनतालाई अविरल वर्षासँगै लगातार पिरोलिरहेको छ ।
–काशीनाथ कुमाल, चौरजहारी, रुकुम

प्रकृतिलाई मानवले दोहन गरिरहेको छ । प्रकृतिलाई लुट्न मानव सदैव तल्लीन छ । प्रकृतिको आफ्नै रूप, रङ र स्वभाव हुन्छ । मानवले उन्नति र प्रगतिका नाममा लुट मच्चाइरहेको छ । ठूलठूला भवन बनाएर प्रकृतिको बहाव रोक्दा मानव दुर्घटित हुनुपरेको हो । प्रकृतिलाई आफ्नै गति र लयमा हिँड्न दिनुपर्छ । मानव निर्मितबाहेक अन्य प्रकृतिप्रदत्त विषय हुन् । अहिले लगातारको वर्षाले मानवीय क्षति पुर्‍याएको छ । जन्मदेखि मृत्युपर्यन्त प्रकृतिलाई लुट्न मानव लागिरहेको छ । फलस्वरूप दुर्घटना भइरहेका छन् । राज्यले ऐननियम कानुन बनाएर प्रकृतिको दोहन रोक्न ढिला गर्नु हुँदैन । अन्यथा ठूलठूला विनाश निम्तिन सक्छ ।
–टंकप्रसाद गैरे, वालिङ–१३, स्याङ्जा

प्रकाशित : असार २९, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?