कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नियोजित संयोग

प्रेम र लडाइँमा जे पनि हुन्छ भन्ने सुनिन्थ्यो  । त्यो त भोग्नेलाई नै थाहा होला तर राजनीतिमा भने ‘जे पनि भएको’ तथ्य साराले देखेकै छ  ।

प्रेम र लडाइँमा जे पनि हुन्छ भन्ने सुनिन्थ्यो । त्यो त भोग्नेलाई नै थाहा होला तर राजनीतिमा भने ‘जे पनि भएको’ तथ्य साराले देखेकै छ । यहाँ त खालि सिद्धान्त, भाषण, घोषणापत्र र नारा मात्र आकर्षक छन् । ‘सर्वहारा’, ‘समाजवाद’, ‘जनताको बहुदलीय जनवाद’, ‘एक्काइसौं शताब्दीको जनवाद’ कति हुन् कति बेकारमा दिमाग भुट्ने सैद्धान्तिक कुरा । काम र व्यवहार भने खालि भ्रष्टाचार, कमिसन, फजुल खर्च, विलासी जीवन, सुविधामाथि सुविधा ।


सरकारमा गएर पालोफेरो शासन गर्ने भनेका, हामीले वर्षौंदेखि चिनेकै व्यक्तित्व र राजनीतिक दल छन् । यस क्रममा पछिल्लो पटक दुई कम्युनिस्ट पार्टी एकत्रित भएर दुई तिहाइको सरकार शासन गर्दै छ । यही सरकारले विखण्डनवादी भनिएका सीके राउतलाई वार्तामा ल्याएर राम्रो काम गर्‍यो । अहिले फेरि माओवादीबाटै छुट्टिएको विप्लव समूह चर्चामा छ । एकजना प्रहरीसहित चारजनाको दुःखद् निधन भइसक्यो । विप्लवका धेरै कार्यकर्ता थुनामा परेको समाचार छ । यसैबीच विप्लव समूह वार्तामा बस्न इच्छुक रहेको समाचार आयो । कमजोर प्रतिपक्ष र सरकारको अहंकारपूर्ण व्यवहार एवं कार्यशैली देख्दा लाग्छ ः कम्युनिस्ट सत्तामा हुनु, उसैको पूर्व समूह अघोषित प्रतिपक्षमा रहनु, भ्रष्टाचार, अपचलन र दण्डहीनताको दबदबा सर्वत्र रहनु– यी सबै नियोजित संयोग त होइन ?
–इन्द्रकुमार श्रेष्ठ, ओखलढुंगा

प्रकाशित : असार २९, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?