कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बच्चाले बोल्यो विभेद

असार २८ गते प्रकाशित सुभेच्छा भण्डारीको ‘उसले लक्ष्मणरेखा टेक्यो’ लेखले मन छियाछिया बनायो  । लेखकले ग्रामीण भेगको समाजमा व्याप्त सामाजिक भेदभाव अन्तर्गतको जातीय छुवाछूतको सचित्र वर्णन गर्नुभएको छ  ।

विगतदेखि प्रचलित छुवाछूत प्रथाले जनता—जनताबीच गहिरो खाडल सिर्जना गरेको छ । यो प्रथाले गर्दा उचनीचको भावना जागृत गराएको छ । सामाजिक एकता र सद्भावलाई खलबल्याएको छ । सामाजिक परम्परागत भए पनि जातीय भेदभाव कुसंस्कार हो, जसको प्रतिकूल असर विभिन्न तह र तप्काका जनतामा परेको छ । पृथ्वीनारायण शाहको ‘नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो’ ले यो देशभित्र बसोबास गर्ने जुनसुकै जात वा वर्णको मानिस भए पनि नेपाल राज्यप्रति समान हक–अधिकार रहन्छ भन्ने स्पष्ट पार्छ । ठूलो–सानो जात वा छुवाछूतलाई पश्रय दिन मिल्दैन । समयक्रमसँगै ठूलाबडा भनाउँदाहरूले निजी तथा समूहगत स्वार्थपूर्तिका लागि गलत व्याख्या, विश्लेषण गर्दै छुवाछूत प्रथालाई संस्थागत गरिदिए । व्यवहारमा अझै लेखकले भनेझैं भोजभतेरमा दुई वा तीनवटा त्रिपाल टाँगेर त्यति नै भान्साहरू भेटिन्छन्, विशेषगरी ग्रामीण क्षेत्रमा । त्यो सानो बच्चाले सामाजिक भेदभाव र छुवाछूत प्रथालाई तोड्न गरेको आँटलाई लेखकले अमूक समर्थन गरेझैं हामी प्रत्येक शिक्षित भनाउँदाहरूले होस्टेमा हैँसे गर्दै सामाजिक न्याय, समानता र सद्भावपूर्ण एकतालाई सुदृढ एवं मजबुत बनाउन जरुरी छ ।
– राजन अधिकारी, बुढानीलकण्ठ, काठमाडौं

प्रकाशित : असार ३१, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?