कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रहणको समय फरक–फरक

असार मसान्तको राति लागेको चन्द्र ग्रहणसम्बन्धी आमसञ्चारमा अस्पष्ट समाचार आए  ।

नेपाल एस्ट्रोलजिकल सोसाइटीले राति १ः२८ बजेमा स्पर्श गर्ने र पञ्चाङ्ग निर्णायक समितिले राति १ः४६ बजे स्पर्श गर्ने दुवैलाई एकै ठाउँमा राखेर समाचार वाचन गर्दा मजस्तो त्यही विषयमा लागेको मान्छेले पनि बुझिन भने अरूले बुझ्ने कुरै भएन । हाम्रो आधुनिक दृक्पञ्चाङ्गमा राति १।२८।२७ मा ग्रहण स्पर्श भई बिहानको चन्द्रास्त नै ग्रहणसहित हुन्छ । अर्को कुरा समितिबाट स्वीकृत पात्राहरूमा करिब ८० प्रतिशत चन्द्रमा ढाक्ने वा ढाकिने देखाइएको छ । तर त्यसलाई खण्डग्रास भनिएको छ । त्यति मात्र होइन समितिले बुधबार साउन १ गते राखेको छ, हाम्रो सिद्धान्तमा बुधबार लाग्ने बिहान ४ः१७ मा मात्र कर्कट राशिमा प्रवेश गर्छन् । तर सूर्योदय भने ५ः१८ मा हुने हुँदा मुहूर्त चिन्तामणि ग्रन्थको संक्रान्ति प्रकरणअनुसार सूर्योदयभन्दा १।२ सेकेन्ड अघि मात्र पनि सूर्य ककर्ट रेखामा प्रवेश गरेमा अघिल्लो दिन संक्रान्ति हुन्छ भनिएको छ । तसर्थ मंगलबार संक्रान्ति हुनुपर्ने हो । मैले प्रयोग गर्ने पात्रो मात्र नभई डा. लोकराज पौड्यालले बनाएको सफ्टवेयर तथा प्रमोदबर्द्धन कौडिन्यायनले प्रकाशित गर्ने वैदिक तिथिपत्रमा पनि मिल्दोजुल्दो तिथि, नक्षत्र तथा संक्रान्ति छन् । तर पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृत पात्राहरूमा कुनै नियम मिल्दैन ।
– ज्यो. रत्ननिधि रेग्मी ॅशुक्राचार्य’, काठमाडौं

प्रकाशित : श्रावण २, २०७६ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?