कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थरीथरीका मौसमविद्

२०७२ वैशाख १२ गते महाभूकम्पपछि नेपालमा ऐरे, गैरे, खैरे जो पनि ज्योतिष कहलाउन नानाभाँती भविष्यवाणी गर्थे  ।

भूकम्पबाट त्रसितहरूलाई थप भय दिलाउने र आफू दैवज्ञ हुँ भन्ने देखाउने लालसाले त्यसो गरिएको थियो । अहिले कथित मौसमविद्हरू त्यसरी नै देखापर्न थाले । साउन १ गते नै यिनले ३ दिन पानी नपर्ने घोषणा गरे । तर त्यही रात पानी पर्‍यो र २ गते पनि पानी दर्किरह्यो । अस्ति हावाहुरी र हुन्डरी आउनुपूर्व मौसमविद् थिएनन्, त्यसपछि भटाभट निस्किए ।

यहाँ आफूलाई दैवज्ञ, ज्योतिर्विद्, भूगर्भविद्, खगोलविद्, मौसमविद्, हुँदाहुँदा बाढी–पहिरोविद् पनि भन्ने गरेका छन् । हामी अनुमान गरौं, सूर्यको अर्बौं किरणमध्ये पृथ्वीमा एउटा सानो कणमात्र आउने हो, त्यो अध्ययन गर्नमात्र हाम्रो सयवर्षे आयुले भ्याउँदैन । अरू सबै हाम्रो अनुमान र काबु बाहिर छ भने मानिस कसरी खगोलविद् हुन्छ ? हामीकहाँ त्यस्ता मापन गर्ने यन्त्र वा उपकरणसमेत छैनन् । कुन बेला कुन रुख ढल्छ, जमिन बग्छ वा कुन ठाउँमा पानी पर्छ भन्ने सबै प्रकृतिगत हो । मानिसले घटना हुनुपूर्व संकेतमात्र पाउन सक्छ, तर तयारी गर्नै भ्याउँदैन । यी विद् भनिनेहरू त घटना भैसकेपछि अध्ययन गर्ने र अनुमान लगाउनेहरू मात्र हुन् । त्यत्रो लगानी गरिएको अमेरिकाको नासा र त्यहाँका वैज्ञानिकले त यसरी जथाभावी भविष्यवाणी गर्दैनन् भने कहिल्यै पुस्तक नपढ्ने नेपाली विद्हरूले के जान्नु ? केवल फेसनका लागिमात्र हावादारी अनुमान लगाएर विद् भन्ने गरेका हुन् ।
– ज्यो. रत्ननिधि रेग्मी 'शुक्राचार्य', काठमाडौं

प्रकाशित : श्रावण ३, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?