कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक प्रयोगमा सावधानी

सडकमा गाडीहरू एकआपसमा ठोकिँदा गाडी तथा मोटरसाइकलको सिसा फुटी सडकभरि छरिरहेको देखिन्छ  ।

फुटेका सिसालाई छली गाडी तथा मोटरसाइकल चलाउन खोज्दा दुर्घटना भएको दृश्य देख्न, सुन्न पाइन्छ । फुटेका ठूला तथा मसिना सिसाका टुक्राले सडकमा हिँड्ने सर्वसाधारणलाई बाधा पुर्‍याइरहेको हुन्छ । टायर पञ्चर गराई समयमा गन्तव्यसम्म पुग्न कठिन भइरहेको हुन्छ । मर्मत गर्न निश्चित ठाउँको अभावले दुःखकष्ट चालकहरूले भोग्नु परिरहेको हुन्छ । फुटेका सिसाका टुक्रालाई सडकबाट चाँडो हटाउनसके क्षति न्यून हुने थियो । यस्तै मिनरल वाटर, कोक, पेप्सी, दूध, जुस प्याकिङ गरेका खाली प्लाष्टिक तथा कागजका खाली बोटल सार्वजनिक स्थानमा फाल्ने गर्नाले हिँडडुल गर्ने मान्छे कुल्चेर लड्ने सम्भावना हुन्छ । सवारी चालक आफ्नो गतिमा गाडीमा कुदाइरहेको हुन्छ । एक्कासी ती फालिएका वस्तुलाई किच्दा ठूलो आवाज आउँछ र त्यतातिर ध्यान जाने हुँदा बाइक तथा गाडी दुर्घटनासमेत हुने गरेको पाइन्छ । यस्ता वस्तु हामी जोकोहीले गाडी, मोटरबाइक, घरबाट फुत्त नफालौं, निश्चित ठाउँमा थुपार्ने कोसिस गरौं ।
– सुमन महर्जन, तारकेश्वर–४, काठमाडौं

प्रकाशित : श्रावण ३, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?