कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देउवा र पौडेललाई खुलापत्र

प्रजातन्त्र पुनःस्थापनाका लागि तपाईहरूले खेलेको भूमिका प्रशंसनीय छ  । तर पार्टी चलाउने मामिलामा तपाईहरूको भूमिका आशा गरेजस्तो छैन  ।

यसबारे तपाईहरूलाई चिन्ता भएजस्तो पनि लागेन । अहिले पार्टी सभापति र वरिष्ठ नेता तपार्इंहरू हुनुहुन्छ । तपाईंहरू मेरा निम्न प्रश्नका जवाफ दिने साहस गर्नुहुन्छ ?
१. स्थानीय र संसदीय निर्वाचनका बेला माओवादी लगायत अन्य पार्टीसँग चुनावी तालमेल गर्नुको कारण के ? आफ्नो बलबुतामा चुनाव नउठी अन्य पार्टीको बैसाखी टेक्नुपर्ने कारण प्रधानमन्त्री हुन पाइने लोभभन्दा अरु केही थियो कि ?
२. समाजवादमा विश्वास गर्ने पार्टीको सरकार भएका बेला नाफा कमाइरहेका उद्योगहरूलाई निजीकरण गर्नु उचित थियो ? तपाईहरूलाई प्रजातान्त्रिक समाजवादका अनुयायी भन्न सकिने आधार केही बाँकी छन् ?
३. भ्रातृ संगठनहरूको निर्वाचन पनि नगर्ने, पार्टी महाधिवेशन पनि समयमा नगरी पदमा टाँसिइरहन खोज्नुको उद्देश्य के ? डेढ वर्ष समय किन थप्नुपर्‍यो ? केन्द्रीय सदस्यहरूले त्यस्तो के चमत्कार गरे र अहिले सदस्यताको बहाना बनाएर समय थप गरिएको हो ?
४. पार्टी जागरणबाट कति जनता जागे होलान् ?
५. तपाईहरू पार्टी चलाउनुहुन्छ कि गुट ?
६. चुनाव जितेपछि कार्यकर्ता रिझाए पुग्ने, जनताको कुरा अर्को चुनावसम्म सुन्नु नपर्ने ?
७. प्रतिपक्षमा छँदा पनि भ्रष्टाचार, अनियमितता र अराजकताको विरोध नगरी चुप्प बस्नुको कारण के ?
८. तनहुँको नतिजा आगामी निर्वाचनमा डडेलधुरामा हुँदैन भन्ने केही ग्यारेन्टी छ ?
९. तपाईहरू त जानुहुन्छ नै, त्यसमा कुनै शंका भएन । तर पार्टीलाई पनि डुबाएरै जाने विचार गर्नुभएको हो ? हैन भने राजनीतिबाट विश्राम किन लिनुहुन्न ?
– ध्रुवराज पौडेल, रामपुर, पाल्पा

प्रकाशित : श्रावण ३, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?