कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेमौसमको बाजा

देशभरिका स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन निकै विवादित बन्यो  । आयोगको गरिमामै प्रश्न उठ्ने गरी विभिन्न तह र तप्काबाट विरोधका आवाज उठे  ।

बेमौसमको बाजा

विज्ञापन सम्बन्धमा सत्तापक्षकै नेता तथा सासंदहरू पनि दुई धारमा देखिए । एक थरी विज्ञापन खारेजी गर्नुपर्छ भन्ने धारमा देखिए भने अर्का थरी खारेज गर्न नहुने कित्तामा उभिए । आयोगले गरेको विज्ञापनमा समावेशी भएन भन्ने प्रश्न उठ्यो । संसदीय समितिले समेत विज्ञापन खारेजी गर्न सरकालाई निर्देशन दियो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले विज्ञापन खारेजी नगर्ने अडान राख्दै समितिमा जवाफ दिए । लोकसेवा आयोगको विज्ञापनबारे उठेको विवादले लोकसेवा तयारी गरेर बसेका हजारौं युवायुवतीको दिमाग नै खलबलिएको थियो । सर्वोच्च अदालतले विज्ञापन खारेजी गर्न नहुने आसयको फैसला गरिदिएपछि आयोगलाई अगाडि बढ्न सहज भएको छ । त्यसपछि उत्साहसाथ परीक्षा तयारीमा जुटिरहेको अवस्था हो । त्यसैले विज्ञापन खारेजी गर्नुपर्छ भन्नु बेमौसमको बाजा हो । विवादमा परेर अदालतबाट पनि विज्ञापन सदर गर्ने फैसला भएको अवस्थामा फेरि खारेजीका लागि प्रदर्शन गर्नु उचित देखिँदैन ।
– गोविन्द विक, कपन, काठमाडौं

प्रकाशित : श्रावण ५, २०७६ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?