कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करको प्रतिफल खोइ ?

कान्तिपुर संवाददाता

हामी हरेक पाइलामा कर तिर्छौं  । जन्मँदा, विवाह गर्दा, छोराछोरी पढाउँदा, मर्दासम्म करकै कुरो आउँछ  ।

सियोदेखि सुनसम्म, नुनदेखि गाडीसम्म किन्दा कर तिरेकै हुनुपर्छ । जागिरको तलब लिँदा होस् या अस्पतालको खर्च तिर्दा, कर तिर्नुपरेकै हुन्छ । यहाँसम्म कि हामीले खाडी मुलुकबाट रगत र पसिना बेचेर केही ल्याउँछौँ नि, त्यसमा पनि कर तिर्छौं । विदेशमा मरेका आफन्तको शव ल्याउँदासमेत कर तिर्छौं ।


त्यो करको रिटर्न ब्याक खोइ ? देशमा सडक छैन, दुर्गममा पुल छैन, गरिब पढ्ने स्कुल छैन, भोकमरीले मान्छे मरेका छन् । हामीले तिरेको कर नेता, मन्त्री र तिनका आफन्तको विदेश सयरका लागि हो ? नेतालाई महँगा गाडी किन्न हो ? राजनीतिक दलका कार्यकर्ताले खोलेका गाई फार्म, ब्युटी पार्लर, होटलको उद्घाटनमा जानका लागि हेलिकप्टर चार्टर गर्न हो ? यस्तै हो भने हामीले अबदेखि कर किन तिर्नु ? जवाफ चाहियो सरकार !
– रमेश भुजेल 'उदासी', [email protected]

प्रकाशित : श्रावण १९, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?