कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरको सामूहिक मरण

कान्तिपुर संवाददाता

सिन्धुपाल्चोकमा १६ बाँदर एउटै पोखरीमा डुबेर मरेको खबरले स्तब्ध तुल्यायो  ।

यसलाई कसैले आत्महत्या भनिरहेका छन् भने कसैले वातावरणीय कारण देखाइरहेका छन् । केहीको आशंका भने केमिकल या करेन्टका कारण पनि बाँदर मरेको हुनसक्ने छ । यस्तो चर्चाले जनावरप्रति संवेदनशीलता बढेको देखाउँछ, जुन राम्रो परिपाटी हो ।


अध्ययनहरू अनुसार, मानिसमा जस्तै जनावरमा पनि मानसिक समस्या हुने पाइएको छ । लगातार तनावपूर्ण वातावरणमा बस्नुपर्दा विभिन्न जनावरले असामान्य व्यवहार देखाउने गर्छन् । ह्वेल र डल्फिनहरू समुद्रतटमा समूहमा मृत फेला परेका घटना सार्वजनिक भइरहन्छन् । कुनै ह्वेल कमजोर भएर तटमा आउँदा अरू ह्वेल पनि पछ्याउँदै आउने र सामूहिक मृत्यु हुने जस्ता सिद्धान्त पनि अनुसन्धानमा आएका छन् । तर मुख्यतः जीवजन्तुको प्राकृतिक जीवनशैलीलाई मानव क्रियाकलापले झमेला गर्दा तिनले असामान्य व्यवहार गर्ने पाइएको छ । एउटा चिनियाँ फार्ममा भालुले आफ्नो बच्चासहित आफूलाई मारेको पाइएको थियो । केही यस्ता जीवाण पनि हुन्छन्, जसले कुनै जीवलाई संक्रमण गरी व्यवहारै बदलिदिन्छन् । जस्तो— टोक्जोप्लाजम गोन्डी नामक जीवाणुले संक्रमित मुसा बिरालोसँग डराउन छाड्छ । जे भए पनि सिन्धुपाल्चोकको सन्दर्भमा अनुसन्धान हुनु आवश्यक छ ।
– सौगात बोलखे, कुशादेवी, काभ्रे

प्रकाशित : श्रावण २७, २०७६ ११:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?