कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेतो हात्तीसरह प्रदेश सरकार

कान्तिपुर संवाददाता

४ वटा प्रदेशले अझै राजधानीको थातथलो तोक्नसकेका छैनन्  । डेढ वर्ष बित्दा पनि सम्बन्धित प्रदेशका सत्ताधारी सो विषयमा चिन्तित नदेखिँदा समृद्धिको सपना दन्त्यकथा बन्ने आशंका थपिएको छ  ।

एकातिर भौतिक सुखसुविधाको निम्ति तँछाड–मछाड गर्ने विषय निरन्तर आलोचित बनेको छ भने अर्कोतिर नेपाल भ्रमण वर्षलाई सफल बनाउन उल्लेख्य कार्यक्रम अघि नसार्नु विडम्बना हो । स्थानीय तहमा रोजगारी सिर्जना गर्नेतर्फ अग्रसरता देखाउनुको साटो युवालाई विदेश धकेल्न प्रदेश लालायित देखिनु जस्ता सन्दर्भले प्रादेशिक सरकार सेतो हात्ती सावित भएको छ । सबैतिर निराशा व्याप्त भएसँगै प्रादेशिक सरकारको अस्तित्वमाथि प्रश्न उठाउनेको संख्यामा कमी छैन ।
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : श्रावण २९, २०७६ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?