कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी नै लुकाउँछन् दस्तावेज

कान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कम आधिकारिक व्यक्ति होइनन््  । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति साधारण फोरम पनि होइन  ।

त्यति महत्त्वपूर्ण स्थानमा त्यस्ता महत्त्वपूर्ण व्यक्तिले परराष्ट्रका कर्मचारीले पुराना सन्धि, सम्झौता लगायत महत्त्वपूर्ण कागजात लुकाएर राख्छन् । तिनमाथि निगरानी राख्नुपर्ने बताएको सुन्दा अचम्म लाग्यो । यतिमात्र नभई उनले परराष्ट्रका विभिन्न कर्मचारीलाई हप्तावारी, मासिक र वर्षमा राखेको सुन्नमा आएको कुरा पनि उल्लेख गरे । यसले मुलुकको कहालीलाग्दो र कमजोर शासकीय व्यवस्था छरपस्ट पारेको छ । यस कुराको प्रतिवाद परराष्ट्रका कर्मचारीले कसरी गर्लान् ? अन्तर्राष्ट्रिय कूटनीतिक जमघटमा कुनै वरिष्ठ व्यक्तित्वले नेपाललाई नै यस बारेको सत्यताबारे प्रश्न गरे भने उनले के जवाफ दिने होला ? तसर्थ आफ्नै पार्टीको सरकार भएका बेला यदि नेपालले भनेका कुरा सत्य हुन् भने कठोर छानबिन गरेर त्यस्ता कर्मचारीहरूलाई कानुनको कठघरामा ल्याएर दण्डित गर्नेतिर लाग्नु नै वास्तविक जनप्रतिनिधि विधायेकको पहिलो कर्तव्य हो । होइन भने यस्ता चाप्लुसीपूर्ण कुरा गरेर लोकप्रियमात्र हुन खोज्नु मुलुकको कार्यकारी प्रमुख भइसकेका माधवकुमार नेपालजस्तो व्यक्तित्वका लागि शोभनीय होइन ।
– महेशप्रसाद ढुंगाना, नयाँवानेश्वर, काठमाडौं

प्रकाशित : श्रावण ३१, २०७६ ०६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?