कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाक्लो हिमपातले म्याग्दीको जनजीवन प्रभावित

कान्तिपुर संवाददाता

म्याग्दी — पर्यटकीय बस्ती घोडेपानी समेत जिल्लाको उच्च हिमाली क्षेत्रका बस्तीहरुमा परेको बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ । बाक्लो हिमपातले पर्यटकिय क्षेत्र घोडेपानीमा पैदल आवतजावत बन्द भएको छ । हिमपातले जिल्लाको लुलाङ्ग, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी लागएतका बस्तीको जनजीवन प्रभावित भएको छ ।

जिल्लाको उपल्लो क्षेत्रमा हिमपात भएकोले तल्लो क्षेत्रमा भने अत्याधिक चिसो बढेको छ । लामो खडेरीपछि हिमपातले कृषक भने खुशी छन् । ‘घोडेपानीमा करिव ६ इन्च हिउँ जमेको छ । पदमार्ग बाक्लो हिउँले ढाकिएकोले पर्यटक होटलमै थुनिएका छन,’ पर्यटन व्यवसायी चित्र पुनले भने, ‘अधिक चिसोले पाइपमा पानी जमेकोले खानेपानी अवरुद्ध छ ।’

प्रकाशित : माघ ९, २०७५ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्