कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छोराको जितमा आमाको खुशी

तस्बिर : हेमन्त श्रेष्ठ

धनगढी — रुस्लान धनगढी प्रिमियर लिगको बिहीबार दीपेन्द्रिसंह ऐरीले ५० बलमा यो ६७ रन बनाए । उनको यो स्कोर प्रतियोगिताकै उच्च हो । ऐरी सीवाइसी अत्तरियाका कप्तान हुन् । उनको घर कञ्चनपुर हो । खेल भएको ठाउँ धनगढी महेन्द्रनगर नजिकै भएकोले आफ्नो छोराको खेल हेर्न दीपेन्द्रकी आमा नरोदेवी ऐरी पनि फाप्ला क्रिकेट मैदान आएकी थिइन् ।

दीपेन्द्रसिंह ऐरीकी आमा ।

क्रिकेटबारे त्यति धेरै जानकार नभए पनि ऐरीकी आमा छोराले चौका र छक्का हान्दा ताली पिट्थिन् र मुसुक्क हाँस्थिन् । दीपेन्द्र ब्याटिङ मात्रै होइनन् बलिङ पनि राम्रो गर्छन् । आज रुपन्देहीसँगको खेलमा ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिए ।

दीपेन्द्रले रुपन्देहीका विदेशी खेलाडी पुनित मेहरालाई शून्य रनमा आउट गर्दा समर सल्ट गरेर खुशी मनाए । त्यसको प्रत्यक्षदर्शी उनकी आमा पनि थिइन् । आमा ताली बजाउँदै हाँसिरहेकी थिइन् ।


प्रकाशित : फाल्गुन २, २०७५ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्