कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तस्बिरमा कान्तिपुर आइकन

तस्बिर : इलिट जोशी

काठमाडौँ — कान्तिपुर मिडिया ग्रुपको गैरनाफामूलक कल्याणकारी संस्था कान्तिपुर फाउन्डेसनले चार विधामा घोषणा गरेको कान्तिपुर आइकन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेकी छन् । मुलुकको समाज–राजनीति, सिर्जना–कला, अर्थ–उद्यम र विज्ञान–अन्वेषण क्षेत्रमा योगदान पुर्‍याएका चारजना अगुवा तथा प्रेरणादायी व्यक्तित्वलाई कान्तिपुरको २६ औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरिएको हो।

जनही ५ लाख रुपैयाँ बराबरको स्वर्ण पदकसहितको उक्त सम्मान ‘विज्ञान–अन्वेषण’ तर्फ वागवानी विज्ञ मुकुन्द रञ्जित, ‘सिर्जना–कला’ तर्फ सुनील पोखरेल, अर्थ–उद्यम तर्फ कुलमान घिसिङ, समाज–राजनीति तर्फ हास्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई प्रदान गरिएको हो।


प्रकाशित : फाल्गुन ६, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्