फागू पूर्णिमाको चीर गाडियो

तस्बिर : सन्जोग मानन्धर

काठमाडौँ — रंगहरुको पर्व फागू पूर्णिमा सुरु भएको संकेत स्वरुप बिहीबार उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर (लिंगो) गाडिएको छ ।


प्रकाशित : फाल्गुन ३०, २०७५ १५:१७

बिहीबार बिहान ११:५५ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर लिंगो गाडेजस्तै गरी मानन्धर समुदायद्वारा फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए ।

चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । होलीको मुख्य दिन चीर लडाएर दहन गर्ने गरिन्छ । यसवर्ष पहाडी जिल्लामा चैत ६ गते र तराईमा ७ गते होली पर्व मनाइँदै छ ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मौसम बदली : हल्का वर्षाको सम्भावना

रासस

काठमाडौँ — पश्चिमी वायुको प्रभावले बिहीबार देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुजन सुवेदीले बताए । उनका अनुसार यसको प्रभाव आज रातिसम्म कायम रहने छ । 

बिहीबार बेलुकादेखि फेरि नयाँ प्रणालीको विकास भई पश्चिमी भूभागको केही स्थानमा मौसम प्रभावित हुनेछ । पहाडी भेगबाहेक अन्य क्षेत्रमा भने तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद् सुवेदीले औँल्याए । शुक्रबार देशको पश्चिमी भूभागमा सामान्यतया मौसम बदली रही उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै शनिबार बिहानीपख देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । अपराह्नपछि भने देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव २ डिग्री र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १४:५१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT