काठमाडौँ — 'लिभिङ नो वन बिहाइन्ड' भन्ने नाराका साथ यो वर्ष २७ औं विश्व पानी दिवस मनाइएको छ। सन् १९९३ देखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको मार्च २२ का दिन विश्व पानी दिवस मनाइँदै आएको छ ।
विश्वमै जलस्रोतको धनी ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२ मा राष्ट्रसंघीय वातावरण तथा विकास सम्मेलनमा प्रत्येक वर्ष विश्व पानी दिवस मनाउने प्रस्ताव पारित भएपश्चात् सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा दिन विश्व पानी दिवस मनाउन थालिएको हो । पानी दिवस मनाइरहँदा काठमाडौं उपत्यकावासी भने पानी अभावले काकाकुल भइरहेका छन् ।
प्रकाशित : चैत्र ८, २०७५ १८:१३