कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीतगढी विजय उत्सवका ९ तस्बिर

अमृता अनमोल, घनश्याम गौतम

बुटवल — नेपाल स्वाधीन रहेको इतिहास विश्वभर फैलाउन भन्दै बुटवल उपमहानगरपालिकाले शनिबार दोस्रो जीतगढी विजय उत्सव मनाएको छ । जीतगढीमा युद्धको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापालाई सलामी दिइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीबाट ५२ फिट उचाईको टावरमा राष्ट्रिय झन्डाको झण्डोत्तलन र ८ फिटको कर्णेल उजीर सिंहको पूर्णकदको सालिकको अनावरणसमेत गरिएको थियो । झाँकीसहितको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश प्रमुख उमाकान्त झा, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, मन्त्रीहरु, नेकपा महासचिव विष्णु पौडेललगायतको सहभागिता थियो । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा तत्कालीन पाल्पाका सेन राजाले अंग्रेज फौजविरुद्ध युद्ध गरेका थिए । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले नुवाकोटको डाँडाबाट सुरुङ बनाएर बुटवलको तिनाउ नदी छेउमा गढी बनाएका थिए । त्यही फौजले १८७१ देखि सुरु भएको पटक पटकको आक्रमण सामना गरेर वि.सं. १८७२ वैशाख ७ गते विजय गरेको थियो ।

अंग्रेज सेनालाई हराएपछि यो गढीको नाम जितगढी रहेको हो । तत्कालीन समयमा नुवाकोट गढी, सिम्रन गढीलगायत नेपालका सात स्थानमा अंग्रेजविरुद्ध युद्ध भएको थियो । त्यसमध्ये नेपाली फौजको जित भएको जितगढी मात्रै हो ।

प्रकाशित : वैशाख ७, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्