राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

सन्तोष सिंह

जनकपुर — जानकी नवमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअचर्ना गरेकी छन् । सोमबार बिहानै जनकपुर आइपुगेकी राष्ट्रपति भण्डारीले नौ लखा मन्दिरले परिचित जानकी मन्दिर मुलुकको अमूल्य धरोहर रहेको बताएकी छन् ।

प्रकाशित : वैशाख ३०, २०७६ १४:२५

विद्वानहरुको जन्म, कर्मभूमि र तपोभूमि जनकपुर प्रेरणको स्रोतको रुपमा लिएर यहाँको धार्मिक मठ मन्दिरको संरक्षणमा उनले जोड दिइन् । जानकी मन्दिरमा पूजा अर्चनापछि मन्दिर परिसरमा आयोजित समारोह सम्बोधन गर्दै भण्डारीले मौलिक मिथिला कला उतकृष्ट एक नमुना रहेको बताइन् । उनले भनिन्, 'विश्वविख्यात जानकी मन्दिरको पूजा अर्चनाले प्रसन्न भएको छु ।'

जानकी नवमी महोत्सवले नेपाली समाजिक, सांस्कृतिक र राष्ट्रिय अखण्डतालाई थप सुदृढ बनाएको भण्डारीले बताइन । परम्परा र संस्कृतीको संरक्षणमो जोड दिँदै भण्डारीले राजा जनक र विद्वान अष्टाबक्रको जन्मभूमि कुनै बेला ज्ञानको केन्द्र भएपनि पछिल्लो समय समाजिक विकृति बढेको प्रति चिन्ता व्यक्त गरिन् ।

'शिक्षा र कलामा धनी जनकपुरमा पछिल्लो समय सामाजिक विकृति र विसंगति बढेको छ,' भण्डारीले भने 'विकृति अन्त्यकालागि सक्रियता बढाउनु आवश्यक छ ।' समाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना अन्तर्गत प्रदेश सरकारले सञ्चालन गरेको 'बेटी पढाउ, बेटी बचाउ' अभियानको प्रसंशा गरिन् ।

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कांग्रेसले अवरोध गरेपछि प्रदेश ३ को बैठक अधिवेशन स्थगित

सुवास बिडारी

काठमाडौँ — प्रदेश ३ को बजेट अधिवेशन सोमबार सुरु भएसँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबार बस्ने गरी स्थगित भएको छ । बजेट अधिवेशनको पहिलो दिनमै प्रदेशको स्थायी राजधानी र नामकरणले प्रवेश नपाए कांग्रेसले अवरोध गर्ने बताएको थियो ।

कांग्रेसले पहिला राजधानी र नामकरणको विषय टुंगाएपछि मात्रै बजेटको विषयमा छलफल गर्न दिने बताएको छ। 'प्रदेशसभाको बैठक जहाँबाट स्थगित भएको हो, त्यहींबाट सुरु हुनुपर्छ भनेर हामीले सभामुखलाई भनेका छौं,' कांग्रेसका संसादले भने।

प्रदेश सरकारले हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेको २० दिनपछि प्रदेशसभाको बैठक बस्न लागेको हो। वैशाख ५ गतेदेखि स्थगित रहेको प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १० गते प्रदेश सरकारले अन्त्य भएको घोषणा गरेको थियो।

प्रदेश सरकारको चौथो अधिवेशन बजेट अधिवेशन भए पनि मुख्य एजेन्डाको रूपमा प्रदेशको स्थायी राजधानी र नामकरण विषय रहेको छ। हिउँदे अधिवेशनमा सभामुख सानुकुमार श्रेष्ठले कार्यविधि तयार गरी राजधानी टुंगो लगाउने विषयलाई औपचारिक रूपमा सदनमा प्रवेश गराएका थिए।

प्रकाशित : वैशाख ३०, २०७६ १४:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT